समान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब नाघ्यो

  Sampatti News Online

June 14, 2023

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचकले यस दिन पनि निरन्तरता दिएको हो।

नेप्से साताको कारोबारको चौथो दिन आज नेप्से १६.४२ अंकले बढेर दुई हजार ३७ दशमलब ०६ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ३४.१७ अंकले बढेर दुई हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको थियो । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज पाँच अर्ब एक करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएका ११० कम्पनीको शेयरमूल्य बढेको छ भने १०० कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ वटाको शेयरमूलय स्थिर रहेको छ ।  

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९४५ दशमलव ४० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता १६२ दशमलव ५० रुपैयाँ पुगेको छ ।
छ । 

आज सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब पाँच प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २८ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत बढेको छ भने बैंकिङ्ग, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो। 

प्रकाशित मिति:June 14, 2023