तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

  Sampatti News Online

June 14, 2023

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर– २०८७’ निष्कासन गर्ने भएको छ। डिबेन्चर निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । त्यस्तै बैंकले ऋण पत्र निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरेको छ ।
बैंकले डिवेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच दुई पक्षले समझदारी गरेका हुन्। समझदारी पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी र मनोज ज्ञवाली र दुवै संस्थाका वित्तप्रमुखको उपस्थिति रहेको थियो ।
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ । पुँजीगत आधार थप सबलभई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिवेन्चर निष्कासनले सहयोग पु¥याउने विश्वास गरिएको छ। नबिलबैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालय र १८ विस्तारित शाखा कार्यालयमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:June 14, 2023