घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ

  Sampatti News Online

June 14, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवलाई पक्राउ गरेको छ ।

धनुषाको नगराईन नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र वडासचिव अमृतनारायण मिश्र ७० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

धनुषाको नगराइन नगरपालिकाका वडाध्यक्ष वुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न गरिदिए बापत ७० हजार रुपैयाँ घुस लिएको उजुरीको आधारमा यादव र मिश्रलाई अख्तियारले पक्राउ गरेको हो ।

उनीहरूलाई बुधबार नगराईन नगरपालिका वडा नं. २, नगराईन चोकबाट नियन्त्रणमा लिइएको अख्तियार केन्द्रीय कार्यालयका प्रवक्ता भोला दाहालले जानकारी दिए।

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति:June 14, 2023