माफियाको आडमा मुख्यसचिव बन्दै अर्याल

  Sampatti News Online

June 15, 2023

काठमाडौं। सरकारले काबिल मुख्यसचिव शंकरदास वैरागीलाई हटाएर प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ । असार २ गते अनिवार्य अवकाश पाउन लागेका सचिव अर्याललाई माफियाको आडमा मुख्यसचिव नियुक्त गर्न लागिएको श्रोतले बताएको छ । विगतमा सेक्युरिटी प्रेस अनियमिततामा मुछिएका अर्यालले नेपालको दूरसञ्चार क्षेत्र लाई समेत डुबाएका थिए । उनलाई विदेशी र माफियाको इशारामा चल्ने आरोप समेत लाग्ने गरेको छ ।व्यापारिक घरानाको पक्षपोषण गर्दै आएका अर्यालले तिनैको आडमा अवकासको मुखमा मुख्यसचिव बन्ने सौभाग्य पाउन लागेको स्रोतको दाबी छ ।
यता इमान्दारी र कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएका वैरागीलाई भने राजीनामा दिन बाध्य पारी पाखा लगाइएको छ । नेपालको सार्वजनिक प्रशासनमा यो एक विडम्वनापूर्ण घटना भएको विश्लेषकको कथन छ ।
वर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई मन्त्री स्तरको सेवा सुविधा दिने गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार, महालेखापरीक्षक वा राजदूतमा व्यवस्थापन गर्ने तयारी भइरहेको श्रोतले जनाएको छ । मुख्यसचिवको कार्यकाल नसकिंदै वैरागीलाई अन्यत्र व्यवस्थापन गर्न लागिएको हो। वैरागी परराष्ट्र सेवाबाट मुख्यसचिव बनेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले यस विषयमा छलफल गर्न मन्त्रीपरिषद्को बैठक समेत बोलाएका छन् ।

प्रकाशित मिति:June 15, 2023