रौतहट कटहरिया नपामा ५८ करोड बेरुजु

  Sampatti News Online

June 16, 2023

रौतहट १ असार। रौतहटको कटहरिया नगरपालीकाको बेरुजु ५८ करोड नाघेको छ।
बर्तमान मेयर अजय प्रकास जैसवाल र उनि भन्दा अघी पूर्व मेयर सियाराम कुशवाहाको पालाको गरी कटहरिया नगरपालीकाको हाल सम्म कुल बेरुजू ५८ करोड़ १९ लाख ३५ हजार रुपैयाँ देखिएको छ।
आर्थीक २०७८र०७९ अर्थात मेयर जैसवालको पालमा मात्र १ वर्षको अवधीमा १८ करोड़ ८५ लाख ८८ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। सो मध्ये असुल ऊपर हनु पर्ने बेरूजू १ करोड़ ४६ लाख ५० हज़ार रहेको छ।
मेयर अजय प्रकास जैसवालको पालमा मात्र १ वर्षको अवधीमा ७० लाख भन्दा बढीको इन्धन खर्च देखाईएको छ।स्थानीय निकायले सेवा प्रबाहलाई प्रभाबकारी बनाउनु पर्ने मा त्यसो हुन सकेको छैन।मेयर कसरी हुन्छ आफन्त र नजिकका कार्यकर्ता पोस्ने योजनाको साक्षी मात्रै हुदैनन् उनी यस्ता बेरुजु बढाउने काममा लागिपरेको देखिन्छ ।बेरुजु भ्रष्टाचारको एउटा रुप हो।रौतहट जिल्ला कटहरिया नगरपालिका एउटा उदाहरण मात्रै हो यस्ता बेरुजु घटाउने होइन बढाउने कार्यक्रममा लागिरहेका धेरै नगरपालिका रौतहटमा अगाडि देखिन्छन्।

प्रकाशित मिति:June 16, 2023