समाजवादी मोर्चा आज घोषणा नहुने

  Sampatti News Online

June 16, 2023

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए ।

यहीबीचमा आज बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले चाँडोभन्दा चाँडो मोर्चा घोषणाको पहल गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आज मोर्चा घोषणा हुन नसक्ने बताए ।

उनले भने, ‘हामीले एक वर्षअघि नै पहल गर्दै आइरहेका छौं । मोर्चा घोषणा गर्न केही दिन लाग्ने देखियो । हामीले टुंगाइसकेका छौं । अन्य दलले नटुंग्याउँदा आज घोषणा हुन नसक्ने देखियो । चाँडै घोषणा गर्ने ठाउँमा दलहरुमा छलफल भइसक्यो । यसलाई अगाडि बढाउने निर्णय पार्टीबाट सर्वसम्मत निर्णय गरेका छौं ।’

प्रदेश र जिल्लाहरूमा पनि मोर्चाको संयन्त्र बन्नसक्ने बताए । पार्टी एकताको लागि मोर्चा नबनेको प्रष्ट्याउँदै पछि कहाँसम्म पुगिन्छ भन्न नसक्ने बताए ।

‘अहिले माओवादी, नेकपा एस, जसपाले पहिले नै निर्णय गरेका हौं । विप्लवको नेकपा पनि छलफलमा छ । अन्य दलसँग अन्तिम गृहकार्य भइसकेको छैन । गृहकार्य सकेर केही दिनै घोषणा हुन्छ’, उनले भने ।

प्रकाशित मिति:June 16, 2023