भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

  Sampatti News Online

June 16, 2023

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले पठाएको हो ।

आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमले जनाएको छ । आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ ।

प्रकाशित मिति:June 16, 2023