भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

Nepal Cover
१ असार २०८०, शुक्रबार
image

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले पठाएको हो ।

आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमले जनाएको छ । आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ ।