कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर

Nepal Cover
१ असार २०८०, शुक्रबार
image

काठमाडौं वैदेशिक अध्ययनमा जान चाहने तथा तालिम लिन चाहने कर्मचारीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवेदन माग गरेको छ।

थाइल्याण्ड सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई विभिन्न बिषयमा प्रदान गर्न लागिएको दुई बर्षे छात्रबृति कार्यक्रममा भाग लिन इच्छुक कर्मचारीहरुसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरखास्त पठाउन आह्वान गरेको हो ।

सूचना अनुसार,१९ वटा सिटका लागि मास्र्टस प्रोग्राममा अध्ययन गर्न इच्छुक उमेद्धारहरुले आवेदन दिन सक्नेछन् । सबै निकायका लागि खुला गरिएको यो विज्ञापनमा सम्बन्धित,मन्त्रालय,कार्यालय वा निकायले योग्य र उपयुक्त कर्मचारी छनौंट गरी परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त माहाशाखामा पठाउन आग्रह गरिएको छ ।
छात्रवृत्तिका लागि मनोनयन गर्दा सम्बन्धित सेवा,समूह वा श्रेणीभित्रका समावेशी महिला,आदिवासी जनजाती,मधेसी,दलित,अपांग,पिछडिएको क्षेत्र हालसम्म अवसर नपाएका र दुगर्ममा सबैभन्दा बढी काम गरेकालाई प्रथामिकतामा दिएर मनोनयन गर्न भनिएको छ ।