काठमाडौं, १ असार । सरकारले राहदानीको मूल्य घटाएको छ। राहदानी विभागले असार ३ गतेबाट लागु हुने गरी राहदानीको मूल्य घटाएको हो। योसँगै राहदानी विभागले ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो।
जिल्ला प्रशासन कार्यालबाट ३४ पृष्टको ५ हजार र ६६ पृष्टको १० हजार रुपैयाँ शुल्क रहेको थियो। यसलाई संशोधन गरेर विभागले अब जिल्ला प्रशासन कार्यालयबाट साधारण पासपोर्ट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। पासपोर्ट ६६ पेजको हुने छ।
यसैगरी राहदानी विभागबाट ३४ पृष्टको हकमा १२ हजार र ६६ पृष्टको हकमा २० हजार रहेको थियो। अब विभागबाट राहदानी लिँदा १२ हजार रुपैयाँ मात्रै लिने छ। पाना हराएको हकमा माथि उल्खेत रकममा थप पाँच हजार रुपैयाँ लाग्ने राजपत्रमा उल्लखे छ।
उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा राहदानी ३४ पेजको हकमा १ सय ५० डलर र ६६ पेजको हकमा २ सय डलरबाट अब १ सय ५० अमेरिकफ डलर तोकिएको छ।
रुसी महासंघ र र नेपाली राजदूताबास मस्कोको सहप्रमाणीकृत मुलुक र साइप्रसको लागि नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको ८० युरो र ६६ पेजको हकमा १३० युरोमा सट्टामा अब ६६ पेजको मात्रै हुने र त्यसका लागि ८० युरो लाग्ने छ।