नक्कली भुटानी शरणार्थी प्रकरणका टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा गर्न आदेश

  Sampatti News Online

June 16, 2023

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई जनालाई धरौटीमा रिहा गर्द आदेश दिएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले प्रहरी हिरासतमा रहेका टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। 

शुक्रबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

गुरुङलाई नक्कली शरणार्थी प्रकरणका नाइकेको सहयोगीको रुपमा सक्रिय रहेको अभियोग छ । लक्ष्मी हरिभक्त महर्जनकी श्रीमती हुन्  । उनलाई  पुर्पक्षका लागि कारागारमा पठाउन आदेश भएको छ ।

दुई जनाबाहेके नेकपा एमालेका सचिव टोपबहादुर रायमाजी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

प्रकाशित मिति:June 16, 2023