रौतहट २ असार। अबैध हतियार सहीत सर्लाहीका रौतहटमा दुईजना मानिस पक्राउ परेका छन।
पक्राउ पर्नेमा सर्लाही मलंगवा ७ का ६५ बर्षीय मोहन राय र सोही ठाउँका ४५ वर्षिय उमेश राय रहेको रौतहट प्रहरी प्रवक्ता डिएसपि उमाशंकर यादवले बताएका छन।
मौलापुर बजार आइटी चौकमा शुक्रवार साँझ प्रहरी टोलिले सावारी चेकिङको क्रममा बारा बाट घर तर्फ जाँदै गरेको उनको भारतीय नम्बर यूपी ५० एन ३२३८ नम्बरको मोटसाइकलको सीट मुनी १ थान नलकटुवा पेस्तोल र १ थान गोलि बरामद भएको प्रवक्ता डिएसपि यादवले जानकारी दिएका छन। अबैध हतियार मोटरसाइकल सहित दुबैजाना नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सञ्जय मिश्रा