करेन्ट लागेर फेरी १ को मृत्यु रौतहटमा २ दिनमै ३ युवकको ज्यान गयो 

Nepal Cover
३ असार २०८०, आईतवार
image

रौतहट ३ असार। रौतहट जिल्लाको परोहा नगरपालिका  ५ मा बस्ने २५ वर्षिय अबुलैस मिया कवारीको विद्युतको करेन्ट लागेर मृत्यु भएको छ। गर्मी बाट बच्न गएराती आफ्नो घरमै पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । दुईदिन भित्र रौतहटमा करेन्ट लागेर ३ जना युवाको ज्यान  गएको छ । यस अघि  विद्युतमोटर बाट करेन्ट लागेर रौतहटको दक्षिणिभेग बौधीमाई नगरक्षेत्र अन्तर्गत  शुक्रवार राती २ जना युवकको ज्यान गएको थियो। मृत्यु हुनेमा बौधिमाई ५ कोपवा गाउँका अमर साहको छोरा वर्ष २५ को अरुण साह र भिखारी पण्डितका छोरा वर्ष २६ को  सिताबी पण्डित रहेकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपि उमाशंकर यादवले बताएका छन।

 ट्युवेल धारामा विद्युत मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साह लाई विद्युत प्रवाह भएर करेन्ट लागेको थियो।  साहलाई  बचाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेर दुवैजना अचेत भएका थिए। तत्काल एम्बुलेन्स बाट दुवैजना लाई उपचारको लागि प्रादेशिक अस्पाताल गौर लैजाँदा डाक्टरले दुवैजना लाई मृत घोषणा गरेको डिएसपि यादवले जानकारी दिएका थिए। रौतहट संसदिय निर्वाचन क्षेत्र २ का संघिय सांसद किरण साहले गाएराती करेन्ट लागेर मियाँको निधन प्रती दुःख ब्यक्त गरेका छन।