नेप्सेमा अज उच्च अंकले वृद्धि, चार अर्ब ८६ करोडको कारोबार

Nepal Cover
३ असार २०८०, आईतवार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज ५२.२६ अंकले बढेर दुई हजार ९४ दशमलब ३३ विन्दुमा बन्द भएको छ । 

शेयर बजार लगातार बढ्दो क्रममा देखिएको छ। विगत ९ दिनदेखि नेप्से सूचक सकारात्मक छ। ९ दिनमा नेप्से १९१ अंकले बढिसकेको छ। गत जेठ २२ गते १९०१.९९ विन्दुमा रकेको नेप्से सूचक आइतबार २०९४.३३ विन्दुमा पुगेको छ। यो अवधिमा नेप्से सूचक लगातार सकारात्मक देखिएको छ।

आज चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १९० कम्पनीको शेयरमूल्य बढेको छ भने २८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटाको शेयरमूल्य स्थिर रहेको छ ।  

आज ११ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेञ्चर हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर नेपाल लघुवित्त वित्तीय संस्था र मेन्छियम हाइड्रोपावरको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था, सिटी होटल लिमिटेड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, साधना नेपाल लघुवित्त वित्तीय संस्था, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन, नेशनल हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।   

आज सबैभन्दा बढी शुभम् पावर लिमिटेड र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ३६ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।