अख्तियारमा एकवर्ष भित्र हजारौं उजुरी
बिगत भन्दा मुद्दा दायर संख्या धेरै
बिगत भन्दा मुद्दा दायर संख्या धेरै
June 18, 2023
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको विवरण राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई जानकारी दिएको छ । समितिसँग आज भएको छलफलमा उक्त जानकारी दिइएको हो ।
राष्ट्रिय सरोकार समितिले छलफलका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहितका पदाधिकारीलाई बोलाएको थियो । यसक्रममा १० महिनामा परेका उजुरीबारे जानकारी दिइएको हो ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका कामकारबाहीहरू, प्रमुख सवाल तथा समस्या, आयोगका सिफारिस कार्यान्वयन अवस्था, भावी कार्य योजना, समितिसँगको अपेक्षा र सहकार्यका क्षेत्रका बारेमा छलफल गर्न प्रमुख आयुक्त राईसहित आयुक्तहरू किशोर कुमार सिलवाल, जयबहादुर चन्द, डा. हरि पौडेल, डा. सुमित्रा श्रेष्ठ र सचिव रामेश्वर दंगाललाई छलफलका लागि बोलाएको थियो ।
सचिब रामेश्वर दङ्गालले के प्रस्तुत गरे
छलफलका क्रममा अख्तियारको तर्फबाट सचिव रामेश्वर दंगालले हालसम्म भएका काम कारबाही, प्रगति विवरण समितिमा प्रस्तुत गरेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी संसदमा विचाराधीन अवस्थामा रहेको विधेयक छिटो अघि बढोस् भन्ने चाहना रहेको बताए । उनले सरकारी कामसँग जोडिएका निजी संस्था र एनजिओमा पनि अनुसन्धान गर्ने व्यवस्था राख्नुपर्नेमा जोड दिए ।
सचिव दंगालले समितिको आइतबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको जानकारी गराएका हुन् । तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरीमात्र फर्छ्यौट भएको छ । २३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ ।
कसुर स्थापित भएको प्रतिशत पनि २०७९/८० मै सबैभन्दा कम छ । यो आर्थिक वर्षमा जम्मा ३०.७ प्रतिशत कसुर स्थापित भएको छ । सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८८.२४ प्रतिशत कसुर स्थापित भएको अख्तियारका सचिव दंगालले जानकारी दिए ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी उजुरी फर्छ्यौट २०७८/७९ मा ७०.५६ प्रतिशत भएको छ । यसैगरी सबैभन्दा कम २०७९/८० मा ५६.३३ प्रतिशत उजुरी फर्छ्यौट भएको छ । अख्तियारका अनुसार २०७४/७५ मा १९४८८, २०७५/७६ मा २४०८५, २०७६/७७ मा २५१५२, २०७७/७८ मा २२६२५ र २०७८/७९ मा २४३३१ उजुरी दर्ता भएको छ । यसरी प्रस्तुति हेर्दा प्रमुख आयुक्त प्रेमकुमार राई प्रमुख आयुक्त भएर आएपछि अख्तियारमा उजुरी बढेको देखिन्छ भने पर्छ्योट संख्या पनि त्यतिकै बढी भएको देखिन्छ । सचिब दङ्गालद्वारा प्रस्तुत गरिएको बिषयका तथ्यांकअनुसार पछिल्लोपटक अख्तियरले दायर गरेका मुद्दा लाई हेर्दा यस्तो अवस्था पनि सुशासनको रफतारले गति लिएको छ सजिलै भन्न सकिन्छ। तथ्यांकले अख्तियारको सकृयतालाई समेत पुष्टि गरेको छ।
प्रस्तुत गरिएको पुर्ण बिवरण:-
प्रकाशित मिति:June 18, 2023
November 24, 2024