१९ लाख भन्दा बढिको मोबाईलका डिस्प्ले बरामद

Nepal Cover
३ असार २०८०, आईतवार
image

बाँके, ३ असार । बाँके जिल्लाको नेपालगंञ्ज उपमहानगरपालिका १६ जयसपुर ईलाकाबाट १९ लाख २६ हजार रुपैयाँ बराबरको मोबाईलका डिस्प्ले सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १२ सय ८४ थान मोबाईलका डिस्प्ले नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।

बरामद मोबाईलका डिस्प्ले भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।