नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

  Sampatti News Online

June 18, 2023

काठमाडौं । नागरिक लगानी कोष र खल्ती प्रालिबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गर्नुभयो ।

सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकलाई आबद्ध गराइ रकम सङ्कलन गर्न सहयोग पु¥याउने कोषले जनाएको छ ।

योसँगै आर्थिक वर्ष २०८०/८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकाले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:June 18, 2023