पैसा नभएको खाताबाट आइपिओ भरेमा कारबाही हुने (सुचनासहित)

Nepal Cover
४ असार २०८०, सोमबार
image

काठमाडौँ । बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आइपिओ भरेमा कारबाही हुने भएको छ ।

घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट शेयर भरेमा कारबाही हुने जनाएको हो ।

धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबारअन्तर्गत कारबाही हुने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।