नयाँ स्कट ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन: अर्थ समिति

  Sampatti News Online

June 20, 2023

काठमाडौं । नयाँ ब्रोकर लाईसेन्सको प्रक्रिया अघि बढाउन अर्थसमितिले निर्देशन दिएको छ । मंगलवार बिहान नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलपछि अर्थसमितिले ब्रोकर लाईसेन्स वितरण प्रक्रियलाई निरन्तरता दिन निर्देशन दिएको हो । अर्थसमितिका एक सदस्यका अनुसार स्टक ब्रोकरका विषयमा भने सञ्चालन अनुमति दिँदा फरक नपर्ने देखिएकाले प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको हो । 

गत जेठ २९ गते बसेको अर्थसमितिको बैठकले नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरेको थियो । सो बैठकले अर्थसमितिबाट लाइसेन्स वितरण प्रक्रियाका विषयमा विस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्म प्रक्रिया अघि नबढाउन नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिने निर्णय भएको थियो । सोही निर्णय बमोजिम मंगलवार अर्थसमितिले बोर्डका पदाधिकारी सहितको बैठक बोलाएको हो ।

बोर्डले गत असोज २ गतेदेखि ३१ गतेसम्म ४६ कम्पनीहरूको आवेदन ब्रोकर लाइसेन्सका लागि प्राप्त गरेको थियो । ४६ कम्पनीमध्ये ४३ कम्पनीलाई बोर्डले लाईसेन्सका लागि आशयपत्र प्रदान गरेको हो ।

प्रकाशित मिति:June 20, 2023