सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री चढेको गाडी बझाङमा दुर्घटना

  Sampatti News Online

June 20, 2023

बझाङ  । सुदूरपश्चिम सरकारका मन्त्री चढेको गाडी बझाङमा दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । 

मंगलबार डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।

दुर्घटनामा परेर मन्त्री सिंहसहित अन्य ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारी जानकारी दिए।

घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति:June 20, 2023