नेप्सेमा दोहोरो अंकको गिरावट

  Sampatti News Online

June 20, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको मंगलबार आज २६.५६ अंकले घटेर दुई हजार ६४ दशमलब ८३ विन्दुमा बन्द भएको छ । सोमबार २.९४ अंकले घटेर दुई हजार ९१ दशमलब ३९ विन्दुमा बन्द भएको छ ।  सोमबारदेखि करेक्टिभ मुडमा देखिएको बजारले मंगलबार पनि सोहि क्रमलाई निरन्तरता दिएको छ।

पछिल्लाे समय लगातार बढ्दो क्रममा रहेको नेप्से सूचक लगानीकर्ताले प्रोफिट बुक गर्दा केहि नकारात्मक देखिएको हो।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज चार अर्ब ११ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटाको शेयरमूल्य स्थिर रहेको छ ।  

आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल, पीविडब्लु वित्तीय संस्था, इन्वा हाइड्रो पावरको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।आज सबैभन्दा बढी नेपाल पूर्वाधार विकास बैंकको शेयरको कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यता युनिक नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ४.४८ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ६.३० प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०१ प्रतिशतले घटेको छ।

मंगलबार नेपाल इन्फ्रास्टक्चर बैंकको सबैभन्दा धेरै २० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १९ करोड ४४ लाख, हिमालयन डिस्टिलरीको १३ करोड ५९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित मिति:June 20, 2023