June 20, 2023
काठमाडौं । सर्वोच्च अदालतले पोखराको फेवाताल किनार आसपासमा बनेका ४ सय ९३ वटा संरचना अवैध भएको ठहर गरेको छ । फेवातालको किनारबाट सीमा क्षेत्र ६५ मिटर कायम गर्दै सर्वोच्चले त्यहाँ बनेका सबै संरचना भत्काउन आदेश दिएको हो ।
सर्वोच्चले फेवा किनारदेखि ६५ मिटरसम्म एक हजार दुई सय रोपनी जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी संरचना हटाउन संघीय सरकार, पोखरा महानगरपालिका र सम्वद्ध निकायका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासले किनारदेखि ६५ मिटर परसम्मको भाग फेवातालकै भएको ठहर गरेको हो । अहिले ताल वरिपरि ६५ मिटरभित्र १२ सय रोपनी जग्गा व्यक्तिको नाममा छ । सर्वोच्च अदालतले २०७५ साल वैशाख १६ मै २०३० सालमा मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन आदेश दिएको थियो । तर सर्वोच्चको आदेश कार्यान्वयन गर्नुको साटो तत्कालीन महानगर प्रमुख मानबहादुर जिसी नेतृत्वको कार्यपालिका बोर्डले फेवा तालकै मापदण्ड घटाएर ३० मिटर बनाएको थियो ।
महानगरपालिका प्रमुख धनराज आचार्यले सर्वोच्चको लिखित फैसला आएपछि कार्यान्वयन गर्ने जनाएका छन् ।
प्रकाशित मिति:June 20, 2023
November 24, 2024