प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
५ असार २०८०, मंगलवार
image

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असइ) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। इलाका प्रहरी कार्यालय,मिर्चैया सिरहाको मुद्दाा शाखामा कार्यरत असइ सचिन कुमार भदैसवारविरुद्ध भ्रष्टारचार मुद्दा दायर भएको हो।

 सेवाग्राहीसँग घुस लिएको आरोपमा तत्कालीन इलाका प्रहरी कार्यालय मिर्चैया सिराहाका प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवाररिुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक भदैसवारले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग नौ हजार घुस-रिसवत लिएको अख्तियारको ठहर छ । घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय र्दिबासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।