हवाई इन्धनको मूल्य घट्यो

  Sampatti News Online

June 21, 2023

काठमाडौँ। सरकारले हवाई इन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम भएको छ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर दुई सय अमेरिकी डलर (करिब २६ रुपैयाँप्रति लिटर)ले घटेको छ।

मूल्य समायोजनपश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्यप्रति लिटर ३ दशमलव ६९ रुपैयाँले सस्तो भएको छ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको रहेको निगमले जनाएको छ।

प्रकाशित मिति:June 21, 2023