तीन दिनदेखि शेयर बजारमा करेक्सन

  Sampatti News Online

June 21, 2023

काठमाडौं । पछिल्लो ३ दिनदेखि शेयर बजार लगातार करेक्सन मुडमा देखिएको छ। बढ्दो क्रममा रहेको बजार ३ दिनदेखि नकारात्मक देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार १४.०५ अंकले घटेर दुई हजार ५० दशमलब ७८ विन्दुमा बन्द भएको छ । 

आज तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ ।    

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आव सिटी होटल्स लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २६१.४० रुपैयाँ पुगेको छ । त्यसतै हिमालयन डिस्टिलरीको १६ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी थ्रिन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २३ करोड ६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति:June 21, 2023