मेयरले प्रशासकिय अधिकृत लाई २५ किलोको माला किन लाइदिए

  Sampatti News Online

June 22, 2023

रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा भर्खरै आएका प्रमुख प्रशासकीय अधिकृत रासनारायण प्रसाद पटेललाई २५ किलोको माला गलामा पहिराएर काम सुचारु गर्न लगाएका छन्। वडा अध्यक्षहरुको घेराउमा परेका मेयरका निम्ति असार मसान्तको चाप सगै कामचलाउ योजनाबाट रकम निकासाका निम्ति पनि लफडामा नटिकेका कार्यकारीलाई जवाफ दिन र आफनो कामका निम्ति पनि २५ किलो होइन कार्याकारीको गलाले थाम्थ्यो भने सय किलोको माला पहिराउन पनि मेयर तयार थिए। यो रोग जिल्लाभरका नगरपालिकामा बिद्यमान छ। आफनो पदिय हैसियत नबुझेर हो या जे जस्तो योजना भनेपनी खुरुखुरु चेकमा हस्ताक्षर गर्छ्न भनेर यो हद सम्म जनप्रतिनिधि गिर्छ्न् यो सन्दर्भले निष्ठापुर्वक काम गर्ने मेयरको शिर झुकेको छ। रौतहटको एउटा नगरपालिकाका मेयरले गरेको यो अपरिपक्वताले भोलि सिङ्गो जिल्लामा नै सुशासन होइन कुशासन भित्र्याउने त होइन चिन्ता बढेको छ।
यतिबेला बृन्दाबन हाजिर गर्न आएका कार्यकारी प्रमुख रासनारायण लाई मालाको रासले प्रफुल्ल बनाएको होला तर किन मलाई मेयरले हैसियत भुलेर यो हदको सम्मान गरे भन्ने चुरो कुरो बुझेर कार्यशैलीमा सचेत नहुने हो भने आज मालाकाे रास भिर्ने त्यो ज्यानको दुबै हातमा हतकडी नलाग्ला भन्न सकिन्न तसर्थ आबेगमा होइन संयम भएर जिम्मेवार र जवाफदेही बनौ।मेयर साव अनि प्रमुख प्रशासकीय अधिकृत ज्यु ? अब त खादा र माला होइन जन जन को मन मन को माया नै करोडौंको सम्मान हो आबेगमा रमाएर फुर्सदमा नपछुताउ बृन्दाबनको सम्मानले सबैलाई झस्काएको छ।
यसैबीच प्रमूख प्रशासकीय अधिकृत पटेल बुधवार नगरपालिकाको कार्यालयमा हाजिर भएका थिए । उनलाई वृन्दावनका मेयर बिनोदप्रसाद कुर्मीले खाँदा र २५ किलोको माला लगाएर स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए। यसैबिच वृन्दावनका केहि स्थानिय तथा जनप्रतिनिधिले प्रमुख प्रशासकिय अधिकृत पटेल लाई २५ किलोको फूलको माला लगाएर स्वागत गरेको निको मानेनन। उक्त तस्वीर अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ।कतीपयले आफू मातहतका यी कर्मचारी संग योजना लिन चाकडि गरेको प्रतिक्रिया समेत दिएका छन् ।

कतै सम्मान त कतै हातपात सम्मको सामना

असार मसान्त लाग्न लागेका यो बेलामा कतिपय नगरपालिका भित्रका कर्मचारीले सम्मान र चाकडी ग्रहण गरिरहेका छ्न् भने कतिपय नगरपालिकाका कर्मचारीले हप्किदप्की मात्रै होइन गाली अनि हातपातको अवस्थाको समेत सामना गर्नुपरेको छ। यो दुबै कोणबाट कर्मचारीले काम गर्नुपरेको बध्यतालाइ सन्चारकर्मिले सहजीकरण सहित जन अपेक्षा अनुरुपको सुशासनको पक्षमा कलम चलाउनुपर्नेमा त्यसो हुनुभन्दा उल्टो बल्छी थाप्ने गरेका कारण रौतहटका कर्मचारी प्रशासन कुनबेला अख्तियारको फन्दामा परिएला भन्ने मानसिक तनाब बोकेर कार्य क्षेत्रमा डटिरहेका छन्।

प्रकाशित मिति:June 22, 2023