प्राधिकरणका पूर्वमेकानिकल इन्जिनियरविरुद्ध १ करोड ४२ लाखबढीको भ्रष्टाचार मुद्दा 

  Sampatti News Online

June 22, 2023

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

प्राधिकरण अन्तर्गत विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा उनले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको आरोप छ । यादवले सार्वजनिक सेवामा प्रवेश गरेदेखि अवकास पाएसम्म एक करोड ७१ लख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा आर्जन गरेको देखिन्छ । 

यस अवधिमा उनको ब्यय (खर्च तथा लगानी) तर्फ तीन करोड १३ लाख ९८ हजार ५३४ रुपैयाँ ९० पैसा खर्च तथा लगानी गरेको देखिन्छ । जसमा कुल खर्च र सोही अवधिको आयव्ययको विवरण अनुसार स्रोत खुल्न आएको वैध आय एक करोड ७१ लख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा रहेको अख्तियारले जनाएको छ । 

उनको एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ पैसाको स्रोत खुल्न नसकेको हो । सोही बराबरको मागदावीसहित आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । 

सम्बन्धित समचार

प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चार लाख घुस रकमसहित तीन कर्मचारी पक्राउ

प्रकाशित मिति:June 22, 2023