कृषि विकास बैंकको संचालकमा उत्तर कुमार खत्री नियुक्त

  Sampatti News Online

June 22, 2023

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालकमा अर्थमन्त्रालयका सहसचिव उत्तर कुमार खत्री नियुक्त भएका छन् । नेपाल सरकारको जेठ ३२ गते बसेको मन्त्रीपरिषदको बैठकले निर्णयले खत्रीलाई संचालकमा नियुक्त गरेको हो ।

बैंक संचालक समितिको आज (असार ७) गते बसेको बैठकमा नव नियुक्त संचालक खत्रीले बैंक संचालक समितिको सदस्यको रुपमा शपथ ग्रहण समेत गरेका छन् ।

प्रकाशित मिति:June 22, 2023