प्रलोभन दिएर हिन्दुलाई ईशाई बनाउने गीरोह सक्रिय

  Sampatti News Online

June 23, 2023

रौतहट, ८ असार । बिभिन्न प्रलोभन देखाएर हिन्दू धर्ममा मानिसलाई ईशाई धर्म अपनाउन लगाउने गिरोह रौतहटमा सक्रिय भएकाे छ।

आर्थीक बिपन्न गरिव, असहाय, अशिक्षित परिवार खास गरेर महिलालाई आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने गिरोह रौतहटमा सक्रिय भएकाे छ।

जिल्लाका विभिन्न स्थानिय तहमा पछिल्लो समयमा आर्थिक प्रलोभन देखाउदै हिन्दु धर्मबाट क्रिश्चियन बनाउने घृणित खेलहरु भईरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

अन्य धर्मका मानिस लाई वास्ता नगरी मात्र हिन्दुहरुलाई बिभिन्न प्रलोभन देखाउदै क्रिस्चियन बनाउनेहरु गाँउघरमा सक्रिय भएर लागेको देखिएकाे छ। इसाई धर्म प्रचारकहरुले  कटहरिया नगरपालिकाको वडा ४ र५ मा  असहाय, गरिव, अशिक्षित एवं सोझासिधा मान्छेहरुलाई बिभिन्न प्रलोभन देखाएर इसाई बनाउन थालेको भन्दै केहि मानिसले बिरोध गरेका छन।

इसु प्रमेश्वरको प्रार्थाना गरेमा बिमारी निको हुने, धन सम्पत्तीमा बढोत्तरी हुने, रोग ब्याधी नलाग्ने भन्दै सोझा सिधा मान्छेलाई धर्म परिवर्तन गराउने गरेको नाम उल्लेख नगर्ने सर्तमा स्थानीयले बताएका छन् । मूलुक धर्म निरपेक्ष भएको अवस्थामा कानुनमा सबै धर्म मान्ने छुट भएपनि मान्छेलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन कानून अनुसार दण्डनीय अपराध हो।

कटहरिया नगरपालिमा एउटा उदाहरण मात्र हो आहिले रौतहटका प्राय: जसो पालिकामा परमेश्वरको प्रार्थानाका नाममा अशिक्षित तथा गरिवहरुलाई धर्म परिवर्तन गराउने गिरोह सक्रिय रहेको भएकाे छ।  

जिल्लाका ग्रामिण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकालाई आर्थिक तथा विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरिएको घटना सार्वजनिक भइरहेको भएपनि त्यस तर्फ सम्बध निकायको खासै ध्यान नदिएको कटहरिया ५ का समाजसेवि दीनानाथ साहले गुनासो गरेका छन्।

नेपालमा इसाई धर्मावलम्बीहरूको संख्या तीव्रगतिमा बढिरहेकोछ।  हिन्दू धर्ममा जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू आदिवासी जनजाति समुदायका मानिसहरू धर्म परिवर्तन गरी ईशाई धर्म अपनाउन बढि सक्रिय रहेको पाइएका छन् । चमत्कारमा विश्वास गरेर धर्म परिवर्तन गरेपछि उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने गिरोहले लोभलालचमा पारेर धर्म परिवर्तन गराउने गरेको देखिएको छ।

सन् २०१५ मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ ।  सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको सदरमुकाम गौरका कानुन व्यवसायी अधिवक्ता सुरेश तिवारीले बताएका छन् । तर जिल्लाको बिभिन्न स्थानमा खुलेयाम धर्म परिवर्तन गराउनेहरु सक्रियरूपमा लाग्दा समेत कसैले ध्यान नदिएको हिन्दु परिषद  रौतहटका प्रवक्ता अभिमन्यु पटेलले बताए । रौतहटका ग्रमिण भेगमा बिभिन्न बहानामा हिन्दुहरुलाई क्रिस्चियन बनाउने कामलाई स्थानीय प्रशासनले तत्काल रोक्नु पर्ने माग गरेको छन्।

 सञ्जय मिश्रा

प्रकाशित मिति:June 23, 2023