नागरिक उड्डयन प्राधिकरण बिरुद्ध उच्च अदालतमा रिट दायर

  Sampatti News Online

June 23, 2023

काठमाडौँ। नागरिक उड्डयन प्राधिकरण बिरुद्ध काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले रिट दायर गरेका छन् । काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि शाहले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।

तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले रिट हालेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १ गते मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो।

प्रकाशित मिति:June 23, 2023