सनराइज बैंकले गर्यो २० जना अशक्तलाई सहयोग

  Sampatti News Online

June 23, 2023

काठमाडौं ।सनराइज बैंकले गर्यो २० जना अशक्तलाई सहयोग गरेको छ । सनराइज बैंकले शारीरिक रूपमा अशक्त भएका २० जानलाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेका छन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले रोटरी क्लब वीरगञ्जमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग गरेको हो ।

बैंकले रोटरीका कार्यक्रम संयोजक डा. स्वास्वत प्रसादलाई दुई लाख ७५ हजारको चेक हस्तान्तरण गरेको छ । उक्त रकमबाट शारीरिक रूपमा अशक्त २० जनालाई कृत्रिम हात एवम् खुट्टा प्रदान गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछकुमार यादव, सीएसआर प्रमुख सुमन थापा र बैंकका वीरगञ्ज शाखा प्रमुख केदार सिंहको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:June 23, 2023