नागरिकताका लागि गलत सिफारिस नगर्न पत्राचार (सुचनासहित)

  Sampatti News Online

June 24, 2023

रुपन्देही । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट पश्चिम)ले नयाँ कानूनअनुसार नागरिकता सिफारिसका लागि गलत सिफारिस नगर्न जिल्लामा रहेका सबै वडाध्यक्षहरुलाई पत्राचार गरेको छ ।

शुक्रबार सार्वजनिक सूचनामार्फत जिल्लामा रहेका सबै पालिकाहरूलाई पत्राचार गर्दै सबै वडाध्यक्षहरूलाई नयाँ कानूनअनुसार सिफारिस गर्दा गलत नगर्न र त्यसो भएमा कानुअनुसार कारबाही भोग्न तयार हुन सचेत गराएको हो । नागरिकताका लागि स्थानीय वडाध्यक्षको सिफारिस अनिवार्य रहेकाले प्रशासनले यसरी सचेत गराएको हो ।

प्रशासकीय अधिकृत पुनाराम पौडेलले सूचना जारी गर्दै जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्ने सम्बन्धमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन नेपाल नागरिकता ऐन संशोधन २०३९ सम्मानित सर्वोच्च अदालतबाट आदेश भएपछि सो ऐन कार्यान्वयन गर्न स्थानीय तहबाट सम्बन्धित वडा कार्यालयहरूबाट नागरिकता सिफारिस गर्दा सम्भव भएसम्म तपसिलमा उल्लेख भएका कागजातहरू संलग्न राखेर सिफारिस गर्न अनुरोध गरेका छन् ।

नागरिकता सम्बन्धी कुनै पनि किसिमको गलत सिफारिस भएमा तत्काल प्रचलित नागरिकता ऐन बमोजिम कारबाही हुने व्यहोरा पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति:June 24, 2023