अवैध रूपमा अमेरिका जान खाेज्ने नेपाली पक्राउ

  Sampatti News Online

June 24, 2023

काठमाडौं । अवैध रूपमा संयुक्त राज्य अमेरिका जान लागेका २८ जना नेपाली पक्राउ परेका छन् । अवैध रुपमा सीमापार गर्दै अमेरिका प्रवेश गर्न खेजेका उनीहरूलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो ।

अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै पहल गरिएको जानकारी दिए । १० लाख रुपैयाँ लिएर  झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त  भएकाे राजदूत मिलन तुलाधरले बताए ।

अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो । नेपाली दूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागि गृहकार्य गरेको हो ।  नेपालीहरू छिट्टै सुरक्षित रूपमा घर फर्कन राजदूत तुलाधरले जानकारी दिए  ।

प्रकाशित मिति:June 24, 2023