पोखरामा गरिएको नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रम

  Sampatti News Online

June 25, 2023

पोखरा । पोखरामा सम्पन्न भएको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ को समापन कार्यक्रममा बोल्दै राज्यमन्त्री  सिर्पालीले सिचुवान एयरलायन्सको एयरबस ए—३१९ विमानले असार ६ गते चीनको छेन्दु—तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गरेपछि अब संसारको जुनसुकै विदेशी वायुसेवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान भर्न सक्ने सन्देश गएको बताएकी हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब ठूला हवाईजहाज अवतरण गर्न कुनै समस्या नरहेको पुष्टि भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली  ठकुरीले बताएकी छन् ।

चिनियाँ दुतावासको अग्रसरतामा चीनबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आउनुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनमा ठूलो र महत्वपूर्ण कामको शुरुवात भएको भन्दै राज्यमन्त्री  सिर्पालीले भनिन्,‘केही समय पहिला मात्र निर्माण सम्पन्न भएका नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनको निरन्तरता हाम्रा लागि अत्यन्तै महत्वपूर्ण विषय बनिरहेको बेलामा नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रम मार्फत चीनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सिधा अवतरण हुनु हाम्रा लागि अन्यन्तै खुशीको विषय बनेको छ र यसले पोखराको बृहत पर्यटनको अपार सम्भावनाको ढोकालाई समेत खोलिदिएको छ ।’

यो कार्यक्रमको आयोजनाका लागि चीनबाट पोखरा अन्तराष्ट्रिय विमान स्थलमा असार ६ गते चीनबाट भिन्दै विमान अवतरण गरेको थियो । सनिवार भएको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सिर्पाली, नेपालका लागि चीनका राजदुत चेन सोंग सहित १५० भन्दा बडि चीनीयाँ प्रतिष्प्रधि खेलाडी र अन्य कुटनितिज्ञहरुको समेत उपस्थिती रहेको थियो । यस प्रकारको कार्यक्रमले नेपाल चीन विचको मैत्री सम्बन्धमा थप विस्तार, सांस्कृतिक सम्बन्धको आदान प्रदान, एक अर्काको संस्कार र संस्कृति बुझन मदद मिलेको बताईएको छ ।

आज सम्पन्न २०० मिटर र ५०० मिटर को नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ सेमिफाइनल र फाइनल खेलमा चीनको सिचुवान टिमले प्रथम स्थान प्राप्त गरेको छ । नेपालको नारा टिमले दोस्रो स्थान प्राप्त गरेको छ । चीनले  ५ लाख  ५० हजार पुरस्कार जितेकाे छ ।  दाेस्राे भएकाे नेपालले ३ लाख  ५० हजार पुरस्कार पाएकाे छ ।

प्रकाशित मिति:June 25, 2023