संघ र प्रदेशमा पूर्ण बहुमत ल्याउने भट्टराईको उदघोष 

  Sampatti News Online

June 25, 2023

लालबन्दी १० असार। नेकपा एमालेका केन्द्रिय सचिव तथा मधेश प्रदेश ईन्चार्ज योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा संघीय सांसद २० सीट र प्रदेश तर्फ ५० सीट जित्ने दाबी गरेका छन्। २०८४ सालमा हुने निर्वाचनमा मधेश प्रदेशमा एमालेले एकल बहुमतको सरकार बनाउने दावी समेत गरेका छन्।

सर्लाहीको लालबन्दीमा शनिबार नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मिसन २०८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका थिए।

पूर्ण बहुमतको सरकार बनाएर  अहिलेको प्रचण्ड नेतृत्वको जस्तो टाइमपास सरकार बनाएर मुलुकको अर्थतन्त्र, वैदेशिक सम्बन्ध धरासायी बनाउने कार्यलाई बन्द गर्ने जिकिर ईन्चार्ज भट्टराई ले जिकीर गरेका थिए। अहिलो संसदमा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सहि दिशा नदिने उनले प्रस्ट पारेका थिए।

 यसअघि एमालेलाई मधेश प्रदेशबाट लखेट्न अनेक प्रयास भएको भएपनि मधेशका नेता कार्यकताहरु एकजुट भएका कारण विपक्षीका प्रयास तथा सबै जालझेल  असफल भएको संघीय सांसद समेत रहेका भट्टर्राईले बताएका थिए।

 केहि समय अघि मधेश कै नाममा मुलुक बिभाजन गर्न खोजेको र अन्तराष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको उनले धारणा राखेका थिए।

कार्यक्रममा एमाले पोलिट ब्युरो,पुरुषो्तम पौडेल, पोलिट ब्यूरो सदस्य सुमन प्याकुरेल, राम औतार यादव , पार्टीे रौतहट अध्यक्ष सच्चिदानन्द साह, जिल्ला प्रचार विभाग प्रमुख रुपेश पटेल, लगायत सबै जिल्लका पार्टीे अध्यक्ष, प्रदेश अध्यक्ष प्रेस चौतारीको केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष गगन विष्ट, प्रेस चौतारीको केन्द्रीय सदस्य सञ्जय मिश्रा, रमेश तिमलसिना, मधेश ईन्चार्ज कमल उपाध्याय, अध्यक्ष फनी महत, उपाध्यक्ष अनिल तिवारी,नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य केसी लामिछने, पर्सा अध्यक्ष अनुप तिवारी, प्रदेश प्रचार विभाग प्रमुख महेश दाश, चौतारीका रौतहट अध्यक्ष उतम उपाध्याय , बाराका दिवाकर भण्डारी, पर्साका श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो।

सञ्जय मिश्रा 

प्रकाशित मिति:June 25, 2023