काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

  Sampatti News

June 25, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डङ्गोलले प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट विनियोजन गरेको बताएकी छन् ।

उनका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब हुनेछ। 

यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ।

त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ।

महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

२०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो। 

प्रकाशित मिति:June 25, 2023