शेयर बजारमा हरियाली, नेप्से उच्च अङ्कले वृद्धि

Nepal Cover
१० असार २०८०, आईतवार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।  

लामो समयपछि कारोबार रकममा पनि उछाल आएको छ । आज ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

आज १२ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज सबैभन्दा बढी शुभम् पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४९ करोड ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, यस दिन सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७.७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको हो।