धुलो रहित काठमाडौं’ बनाउन सय करोड बजेट

  Sampatti News Online

June 25, 2023

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि धुलोरहित काठमाडौं कार्यक्रम निरन्तरता दिएको छ। महानगरले आइतबार ल्याएको आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

उपप्रमुख सुनिता डङ्गोलका अनुसार काठमाडौंलाई धुलोरहित बनाउन हालसम्म विस्तृत अध्ययन परियोजना (डिपिआर) भएका सबै सडक र पेटी निर्माणको काम विनियोजित एक अर्ब रुपैयाँबाटै अगाडी बढाइने छ । धुलोरहित काठमाडौं बनाउने कार्य योजना सँगसँगै काठमाडौं महानगरपालिकाले महानगर सुन्दर बनाउने थप २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  

उक्त रकमबाट काठमाडौं महानगर भित्रका पार्क तथा अन्य क्षेत्रहरूमा हरियाली बढाउने महानगरको योजना रहेको छ । आफ्नो नीति तथा कार्यक्रममा महानगरले काठमाडौंको पर्यावरणीय सुधार र सुन्दरतालाई प्राथमिकताका साथ राखेको छ ।

प्रकाशित मिति:June 25, 2023