नक्कली शरणार्थी प्रकरणको अनुसन्धान रोकिएको छैनः गृहमन्त्री श्रेष्ठ

  Sampatti News Online

June 25, 2023

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान नरोकिएको जानकारी दिएका छन्। आइतबार गृह मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान नरोकिएको जानकारी दिएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार चुप नलागेको बताउँदै उनले भने, ‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुला छ। तथय प्रमाणले पुष्टि भए थप पनि तानिन्छ।’

सरकारले उक्त प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ। सो प्रकरणमा पक्राउ परेका १८ जना प्रतिवादीमध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

अनुसन्धानले केही पात्रहरुलाई अभियोजनको प्रक्रियामा अदालतमा अगाडि बढाइएको छ । पुर्पक्षमा थुनामा छन् र केही अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको र अनुसन्धानको तथ्य र प्रमाणका आधारमा थप कामकारबाही अगाडि बढ्ने पनि प्रष्ट नै छ’ गृहमन्त्री श्रेष्ठले भने ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरु सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाण्डौं जिल्ला अदालतले आदेश दिइसकेको छ ।

पहिलो चरणको अनुसन्धान पूर्ण नभएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई निर्देश गरेको छ ।

दोस्रो चरणको अनुसन्धानपश्चात तथ्य र प्रमाणका आधारमा थप कामकारबाही हुने गृहमन्त्री श्रेष्ठले बताए ।

गृहमन्त्री श्रेष्ठले अगाडि भनेका छन्, ‘नेपाली नागरिकलाई अनागरिक बनाएर अर्काको देशमा शरणार्थीको रुपमा पठाउने र सम्पति आर्जन गर्ने जुन प्रवृतिले काम गरिरहृयो त्यसको अनुसन्धान गर्दै त्यसमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउने कुरा । ठगी, संगठत अपराध, राज्यद्रोश र किर्तेका विरुद्ध ठोस कदमहरु अगाडि बढाइएको छ ।

प्रकाशित मिति:June 25, 2023