भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट (पूर्णपाठसहित)

  Sampatti News Online

June 25, 2023

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बढी हो । महानगरले चालु आर्थिक वर्षका लागि पूरक समेत गरी ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

आइतबारदेखि सुरु भएको महानगरपालिकाको नगरसभा तथा १३ औं अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले उक्त बजेट पेस गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा १० करोड ७० लाख रुपैयाँ बढी हो । कुल बजेटमा एक अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ ।

महानगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ । साथै, महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गरी महानगरवासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पु¥याउन कटिबद्ध जनाएको छ ।

भरतपुर महानगरको बजेटको पूर्णपाठ :

प्रकाशित मिति:June 25, 2023