मन्त्रालयमा सुब्बाको शासन

  Sampatti News Online

June 25, 2023

काठमाडौ । सुब्बाले सिंहदरबार र त्यहाँका हाकिमहरुलाई हल्लाइदिन्छन् र हायलकायल खेलाइदिनसक्छन् भन्दा पत्याउदैनन्,जो कोही तर, यस्तै भेटिन्छ उद्योग अनि गृह मन्त्रालय, अर्थ मन्त्रालय देखी शहरी बिकास मन्त्रालयका सुब्बा सापहरु।

सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका मन्त्री, सचिवदेखि सहसचिवसम्मले गरेका निर्णयको मसि सुक्न नपाउदै उल्टाइदिन सक्छ्न् ।

शहरी बिकास मन्त्रालयका सुब्बा युवराज गिरी मात्रैले मन्त्रालय हल्लाएनन् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेटिङ मिलाएर अध्यागमन कार्यालयमा पुगेका दर्जनौं अधिकृतहरुलाई काठमाडौं बाहिर सरुवा गरेको बताए पनि बर्षाै देखि काज मिलाएर अध्यागमनमा बसेका नायब सुब्बा तहका कर्मचारीलाई सरुवा गर्न मात्रै होइन खटाएको ठाउँमा पठाउन सकेका छैनन् ।
उपप्रधानमन्त्री श्रेष्ठले केही साता अघि एकै पटक २४ जना अधिकृतहरुको सरुवा गरेर काठमाडौं बाहिर पठाइ दिएका छन् । जसमध्ये १४ जना अधिकृत अध्यागमनबाट बाहिर पठाइएका छन् । त्यसमध्ये १० जना अधिकृत त्रिवि अध्यागमन,२ जना अध्यागमन कार्यालय,कालिकास्थान र दुई जना अधिकृत अध्यागमन कार्यालय भैरहवाका रहेका छन् ।

यस अघि बालकृष्ण खाँण गृहमन्त्री र टेकनारायण पाण्डे सचिव हुँदा गृहको कर्मचारी प्रशासनसँग सेटिङ त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा पुगेका अधिकृतहरुलाई काठामाडौं उपत्यका बाहिर पठाएका थिए । यसरी खटाइएकामध्ये अधिकांशको सरुवा काठमाडौं उपत्यका बाहिरको दुर्गम र तराई क्षेत्रका जिल्लामा पठाएको हो ।

केही साता अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले समेत रमाना नलिने कर्मचारीलाई कारवाही गर्ने मात्र बताएनन् कि कर्मचारीको सरुवा व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी प्रशासन महाशाखा हेर्ने सहसचिव हेमराज तामाङ र स्थानीय तह तथा क्षमता विकास महाशाखा प्रमुख सहसचिव बलराम रिज्याल सम्मिलित कार्यदल गठन भएको थियो ।तर पनि यसरी सरुवा भएर रमाना नलिई बर्षौदेखि त्रिवि अध्यागमनमा कार्यरत नायब सुब्बा टंकनाथ गौतमलाई चलाउन सकिएको छैन । उनी स्टोरको हर्ताकर्ता भएर बसिरहेका छन् । उसैगरी नासु टंकनाथ गुप्ता पनि सरुवा भएको ठाउँमा नगइ रमाना नलिइ अध्यागमनमै बस्ने अटेरी कर्मचारीभित्र पर्दछन् । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय दरबन्दी भएपनि कम्प्युटर अपरेट महतो करिब एक बर्ष अघि देखि अ अध्यागमन विभागमा काजमा कार्यरत छन् । कम्प्युटर अपरेट राजीव महतो बारे मन्त्रालयमा सोधपुछ गर्दा २०७८ वैशाख देखि जिल्ला प्रशासन कार्यालय सिन्धपाल्चोकमा दरबन्दी रहेका महतोको २०७८ भदौ ११ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा भएको थियो भने २०७८ चैत १४ को निर्णयानुसार पुन काजमा नै अध्यागमन विभागमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ ।

यस्ता जब्बर कर्मचारीलाई न त कुनै ऐन, कानुन आकर्षित हुन्छ । न कसैले छुन वा चलाउन सक्छन् । न त कुनै परिपत्रले केही प्रभाव पर्न सक्छ ? यहीबाट प्रष्ट हुन्छ हाम्रो कर्मचारीतन्त्र ऐन, कानुनले कम र ‘लुटतन्त्र बढी चलिरहेको छ ।

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट केही समयअघि अध्यागमन अधिकृत र नायव सुब्बाहरु गरी करिब दुई दर्जन कर्मचारीको सरुवा गरेको छ । सरुवालगत्तै उच्चपदस्थ पदाधिकारीहरुले ती कर्मचारी सेटिङमा त्यहाँ रहेको आरोप लगाउँदै सरुवा गर्नुपरेको स्पष्टिकरणसँगै नाम सार्वजनिक गरिदिएका थिए । तर बर्षौ अघि सरुवा भए पनि रमाना नलिइ बस्ने सुव्वा तहका कर्मचारीहरुलाई भने छुन वा चलाउन सकिएको नदेखिएपछि मन्त्रालयका कर्मचारीहरु नै अचम्ममा परेका छन्।

प्रकाशित मिति:June 25, 2023