जलहरी प्रकरणको छानविन गर्न अख्तियारको टोली पशुपतिमा

Nepal Cover
१० असार २०८०, आईतवार
image

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी प्रकरणको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ।

अख्तियारका अनुसन्धान अधिकृतसहितको टोली छानविन एवं अनुसन्धानका लागि आइतबार दिउँसो पशुपति पुगेको हो। अहिले पशुपतिनाथको मुलगेटबाट सर्वसाधरणलाई प्रवेश दिइएको छैन। 

उक्त जलहरी १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरी हालेको भनिएको थियो। तर महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाएर हालेको भनिएको पुष्टि नहुने महालेखाले भनेको थियो। 

त्यसपछि महालेखाको प्रतिवेदन बाहिरिएपछि यसले चर्चा पाएको हो। 

पशुपति विकास कोषका सदस्य–सचिव मिलनकुमार थापाले भने सुनमा कुनै प्रकारको बदमासी नभएको दाबी गर्दै आएका छन्। उनले सुनमा घटी आए आफू सजाय भोग्न तयार रहेको बताएका थिए।