सुनको मूल्य बढ्यो

Nepal Cover
११ असार २०८०, सोमबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तैगरी, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १५ रुपैयाँले बढेर आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।