June 26, 2023
काठमाडौँ । उप प्रधानमन्त्री एवं गृह मन्त्री नारायण काजी श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।
नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ।
काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको अलफ्ट होटलमा आयोजना गरिएको कार्यक्रममा गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो।
आज भएको बाँडफाँडबाट कम्पनीको शेयर ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । त्यस्तै एक भाग्यशाली लगानीकर्ताले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ ।
सिडीएससीका अनुसार कम्पनीको आइपीओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड गरेको हो ।
आइपिओमा आवेदन दिने लगानीकर्ताले चार वटा साइटबाट नतिजा गर्ने व्यवस्था मिलाइएको छ । लगानीकर्ताले सिडिएससीको आइपिओ नतिजा हेर्ने साइट CDSC IPO Result, तथा मेरो शेयरको वेवसाइट MeroShare, र मेगा क्यापिटल मार्केटको वेवसाइटबाट Mega Capital Markets Limited. बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति:June 26, 2023
November 23, 2024