माछपुच्छ्रे बैंक खाताबाट लाखौँ ट्रान्सफर गर्ने गिरोह सार्वजनिक 

  Sampatti News Online

July 1, 2023

रौतहट १६ असार। बैंकमा सेवाग्राहीको खाताबाट लाखौं रुपैया अन्य खातामा ट्रान्सफर अथवा खाताबाट रकम चोरिगर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

स्थानीय वृन्दावन नगरपालिका  ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ ट्रान्सफर गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा  बिरगंज नगवाका वर्ष २१ को  राज नारायण चौरासिया, बिरगंज १९ केहुनी विन्दाबासनीका वर्ष २१ को महम्द मुस्तुफा हवारी,दोलखा बैदेश्वर गाँउपालिका ५ सिमबारीका वर्ष २९  को सुन्दर खड्का,काभ्रेपलान्चोक भुम्लु गाँउपालिका ९ पिङगोलाका  वर्ष १९ को महेश थापा, उदयपुर रौउतामाई गाँउपालिका  २ भुट्टारका वर्ष २० को केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका  ८ भगवानपुरका वर्ष १९ को दिपे सदा र गोलबजार नगरपालिका ८ चोहर्वाका वर्ष २३ को श्रवण दास रहेको प्रहरीले जनाएको छ।

उनीहरूले माछपुच्छ्रे बैंक चन्द्रनिाहपुर शाखामा सेवाग्राही रामेश्वर यादवको  खाता नं. ०७५००६५३८२८०००१४ बाट गत जेठ ५ गते ३ लाख,  ६ गते ३ लाख, र ७ गते ३  लाखको दरले जम्मा ९ लाख रुपैयाँ अन्य बैंकको खाता तथा खल्ती खातामा ट्रान्सफर गरेका थिए।

त्यसकाे दुईदिन पछि स्वाग्रही यादव स्वयं चेक मार्फत पैसा झिक्न बैंकमा जाँदा खातामा रकम नदेखेपछि ठूलो विवाद हुँदा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान सुरुगरेकाे थियो।अनाधिकृत रुपमा रकम ट्रान्सफर गरी ठगी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका मानिसहरुले   अनाधिकृत रुपमा ट्रान्सफर भएको रकम ATM बाट गैह्रकानूननी तवरले निकाली आर्थिक लाभ समेत लिई ठगी कार्यमा संलग्न रहेको डिएसपि एक नारायण कोईरालाले बताएका छन्। उनीहरुले विभिन्न व्यक्तीहरुलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाईल अनलाईन बैकिङको युजर नेम र पासवर्ड समेत लिएका थिए। सोही आधारमा खाताहरुबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने हालसम्म अनुसन्धानबाट खुल्न आएका ११ जना  मध्ये ७ जनालाई पक्राउ गरी  ठगी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थप गरी अनुसन्धान कार्य  भईरहेको डिएसपि कोईरालाले जानकारी दिएका छन्।  यस्तो घटनामा संलग्न लाई पक्राउ गर्न निकै कठीन भएपनि बिभिन्न कोण बाट अनुसन्धान गर्दै जाँदा उक्त गिरोहलाई नियन्त्रणमा लिन सम्भव भएको डिएसपि कोईरालाले स्पस्ट पारेका छन्।

सञ्जय मिश्रा

प्रकाशित मिति:July 1, 2023