काठमाडौं महानगरले सामुदायिक विद्यालयमा ११ कक्षाको छात्रवृत्तिको लागि विद्यार्थीको परीक्षा आफैं लिने

Nepal Cover
१८ असार २०८०, सोमबार
image

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न आफैंले परीक्षा लिने भएको छ ।

आइतबार महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि महानगर आफैंले सञ्चालन गर्ने जनाएका हुन्।

‘छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, मेयर बालेनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।