रौतहटमा विद्युत ट्रान्सफर चोर्ने गिरोह पक्राउ 

  Sampatti News Online

July 4, 2023

रौतहट । पछिल्लो लामोसमय देखि रौतहटको विभिन्न स्थान बाट विद्युत ट्रान्सफर चोरिगर्न सक्रिय रहेको एउटा गिरोह लाई प्रहरिले पक्राउ गर्न सफल भएको छ।

जिल्लाको विभिन्न खुला एकान्त स्थानमा जडान रहेकाे विद्युत ट्रान्सफर्मर अनेक उपकरणको सहयोगले एकपछि अर्काे लागातार चोरीगर्ने गिरोहका ४ जना लाई अनुसन्धानको आधारमा ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाको टोलिले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठीयाहिका ४२ बर्षीय अशोक साह, कटहरीया १ भासेढवाका वर्ष ४६ का रामलाल महतो, सोही ठाउँका वर्ष ३६ का बीरेन्द्र राय यादव, बर्ष ३७ का सुखल महतो रहेकाे ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमूख इन्सपेक्टर अरबिन्द कुमार साहले बताएका छन।

उनीहरूको साथबाट प्रहरीले एकथान मोटरसाइकल, एकथान स्कुटी, एकथान आइफोन,र ३ थान अन्य कम्पनीको मोबाईल बरामद गरेको छ।

आरोपहरुको बयानको आधारमा प्रहरीले गरुडा नगरपालिका ४ का लाक्षमी प्रसाद चौधरीले आफ्नै घरमा सञ्चालन गरेको कवाड पसलमा प्रहरिले आईतवार छापामारी गरेको थियो।

छापामारीको क्रममा विद्युत ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार लगाएतको सामग्री ठूलो मात्रामा बरामद गरेको छ। तामाको तारको चुडी १५ थान (१७६ ) किलोग्राम, तामाको कवायल रोल १५ थान (१२९) किलोग्राम, खुला तामाको तार ७१ किलोग्राम बरामद भएको इन्सपेक्टर अरबिन्द कुमार साहले बताएका छन।

छापामारीको क्रममा कवाड पसल सञ्चालक चौधरी फरार रहेका इन्सपेक्टर साहले जानकारी दिएका छन।

पक्राउ परेका चारैजना माथी चोरी सम्बन्धि मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थमाएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाले जनाएको छ।

पछिल्लाे दुईवर्ष देखि रौतहटमा यस्ता चोरको गिरोह सक्रिय भएर दर्जनौं स्थान बाट विद्युत ट्रान्सफर चोरी गरिसकेका छन। एउटा ट्रान्सफर्मर बाट हजारौँ रुपैयाँ बराबरको तामाको तार निस्कने हुँदा ईनीहरू व्यवसायिक रुपमा चोरी गर्ने गरेका छन। पक्राउ परेपनि सामान्य चोरी मुद्दा चलाउँदा कैयौं आरोपि अदालतमा धरौटीमै छुट्ने हुँदा ट्रान्सफर्मर चोरी नियन्त्रण हुन नसकेको जानकारहरुले बताएका छन।

सञ्जय मिश्रा

प्रकाशित मिति:July 4, 2023