आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने मिति सर्यो

Nepal Cover
२० असार २०८०, बुधबार
image

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले आज (असार २० गते) देखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओमा आवेदन दिने मिति सरेको छ। इन्स्योरेन्सको आईपीओमा अब असार २१ गते अर्थात भोलीदेखि आवेदन दिन सकिनेछ। प्राविधिक कारणले निष्काशन अवधि परिवर्तन गरिएको इन्स्योरेन्सले जनाएको छ।

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गर्न लागेको हो।