नेप्सेमा ३९.२६ अंकको गिरावट

  Sampatti News Online

July 5, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ दशमलब ४४ विन्दुमा झरेर बन्द भएको हो ।   

नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिन साढे २ अर्बबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७७ स्टकको ५३ हजार १०३ पटकको कारोबारमा ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार रुपैयाँ बराबरको ८० लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।   

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६१५.६० रहेका छ भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूलय पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २७४.२० रुपैयाँ पुगेको छ ।   

आज सबैभन्दा बढी बिपीडब्लु लघुवित्त वित्तीय संस्था र मोदी इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १६ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:July 5, 2023