July 5, 2023
रौतहट । नेकपा एमालेले मधेश प्रदेशका ईन्चार्ज योगेश भट्टराईले नेकपा एमालेकाे नेतृत्व बिना मुलुकमा विकास र समृद्धिको यात्रा अधुरो तथा असम्भव रहेको दाबी गरेका छन।
अबको दिनमा मधेश प्रदेशमा आक्रामक ढंगले पार्टी संगठनका कामलाई अगाडी वढाउने निर्णय गरिएको समेत बताएका छन । नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका भट्टराईले मंगलवार महोत्तरीको वर्दीवासमा प्रदेश स्तरीय कार्यकर्ता भेला कार्यक्रमकाे उद्घाटन गर्दै मधेश प्रदेश कमिटीको पुर्ण वैठकले उक्त निर्णय गरेको बताएका छन । भट्टराईले नेकपा एमालेले केन्द्र र मधेश प्रदेशमा सुविधाजनक वहुमतको सरकार नबनाए सम्म मधेशको विकास र सवृद्धिको यात्रा अधुरै रहने धारणा राखेका थिए ।
एमाले दक्षिण एसियाकै सवै भन्दा चुस्त संगठन र सवै भन्दा व्यवस्थित पार्टी भएको विभिन्न अध्ययनले देखाएको बताउँदै भने उर्वर माटो र श्रुजनसिल जनशक्ति भएको मधेशमा एमाले मात्र उचित राजनैतिक नेतृत्व दिन सक्ने छ । नेपालको परराष्ट्र नीति, राष्ट्रियता र विकासको सहि मार्ग एमालेसँग मात्र रहेको तर्क गर्दै । भट्टराईले पार्टीको लोकप्रिय नेता हुन जनतासँग रम्न सक्नु पर्ने भएको तथ्य सवै एमालेजनले वुझुनु पर्ने धारणा राखेका थिए । उन ले स्मार्ट फोन जसले वोक्छ त्यसको हातमा नै एमालेको भरपुर सामाग्री भएकाले प्रविधिको समुचित सदुपयोग गर्न सुझाव दिए । मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा भएको वैठकले मधेश प्रदेश कमिटीको अधिवेशन आगामी
असोज ५ र ६ गते जनकपुरधाममा गर्ने निर्णय गरेको छ । यस्तै वैठकले सदस्यता नविकरणको काम असार २५ गतेसम्म सक्ने, असार भरिमा मधेश प्रदेशका आठ वटै जिल्लाको वैठक सम्पन्न गर्ने, नयाँ सदस्यता प्रदान भदौ १५ सम्म गरिसक्ने, आगामी भदौ २० गते जनसंगठन र पुस महिनासम्म पार्टी तथा सवै स्थानीय कमिटीको अधिवेशन सक्ने निर्णय गरेको छ । जनकपुरधामा हुने अधिवेशनको लागि विभिन्न उप समिती पनि वैठकमा घोषणा गरिएको छ ।
वैठकमा स्कुल विभाग संयोजक पुरुषोत्तम पौडेल, प्रचार संयोजक अरविन्द सिंह र जनसंगठन संयोजक सरोज यादवले भदौसम्मको लागि आआफ्ना विभागका कार्ययोजना पेश गर्नुभयो । वैठकमा मधेश प्रदेशका आठ जिल्लाका इन्चार्ज, पार्टी मधेश प्रदेशका केन्द्रीय सदस्य, संघिय एवं प्रदेश सांसद, विभिन्न केन्द्रीय विभाग जिम्मेवार नेता सहित प्रदेश कमिटीका सदस्यको सहभागीता थियो ।
वैठकमा प्रदेश उपाध्याक्ष रेबती पन्तले निर्णय भएका विषय र उपसचिव आरती भण्डारीले विभिन्न प्रस्तावहरु वाचन गरेका थिए। वैठकले विभिन्न प्रस्ताव पारित गर्दै कृषकलाई राशाइनिक मलको व्यवस्था गर्न, प्राकृतिक श्रोतको दोहन रोक्न, प्राकृतिक प्रकोपवाट हुन सक्ने क्षती न्युनिकरणका काम गर्न, सुकुम्वासीका समस्या समाधान गर्न, घरेलु हिंसा, महिला एवं अन्य प्रकारका विभेद रोक्न, एमाले कार्यकर्ता एवं विभिन्न सोधासिधा जनतालाई झुटामुद्दा लगाएकोले फिर्ता लिन, विगतमा एमाले सरकारले मधेशमा ल्याएको विकास योजनाहरुलाई निरन्तरता दिन, काठमाडौ तराई द्रुतमार्ग चाडो वनाउन आदि विषयमा ध्यानाकर्षण गराएको बैठकमा सहभागी प्रदेश कमिटि सदस्य हरिवंश मैनालीले बताए ।
प्रकाशित मिति:July 5, 2023