करोडौं लिएर उद्योगी भागेपछि कटहरियाका ब्यापारी कठिनाईमा

  Sampatti News Online

July 5, 2023

रौतहट २०असार। उद्योगी विन्देश्वरी साह तेली बैंक र स्थानियको करोडौं रुपैयाँ लिएर भागेपछि कटहरियाका अन्य उद्योगी तथा व्यवसायी माथी अविश्वास बढ्दै गएको छ।
उधोगी तेलीले सुनियोजित रुपमै दुईवटा बैंक र स्थानियको सहित ८ करोड भन्दा बढी रुपैयाँ लिएर भारत तर्फ गएपछी स्थानिय उधोगी, ब्यापारी तथा व्यवसायी माथी अविश्वास बढ्दै गएको हो।
जिल्लाकै पुरानो मध्येका चर्चित बजार कटहरिया रौतहट संसदिय निर्वाचन क्षेत्र ३ को मुटु सरह रहेको छ। बजारमा ईलाका प्रहरी कार्यालय, नगरको कार्यालय, नेपाल बैंक, एन आईसी बैंक, आधादर्जन बढी वितिय संस्थाका साथै कपड़ा, किराना, हार्डबेयर, औषधीको दर्जनौं होलसेल खुदरा पसल संगै कैयौं उद्योग समेत सञ्चालन रहेको छ।
यहाँका ब्यापारी तथा उद्योगपतिले नगद तथा उधारोमा करोडौंको कारोवार गर्दै आएको थियो। पारापुरवकाल देखि ब्यापारी र महाजन साहु बीच सुमधुर सम्बन्ध कायम रहेको थियो। स्थानीय व्यापारीको शक्ती कारोबार र व्यवहारको आधारमा मागे अनुसारको गौर, बिरगंज, देखि नेपालको अन्य ठुला सहारका साथै भारत बिहार राज्यको घोडासहन, बैरगनिया, सीतामढी, मुजफरपुरका साहु महाजनले उधारोमा पठाउने गरेको थियो। पछि साहुको मानिस कामदार हप्तामा किस्ताको रुपमा भुक्तानी लिएरजाने गरेको कपड़ा ब्यापारी योगेन्द्र साहले बताएका छन्।
त्यतिमात्र नभई कटहरियाका व्यापारीले नेपाल बैंक, राष्ट्रीय बाणिज्य बैंक, कृषि विकास बैंक,एन आईसी बैंक, ग्लोबल बैंक लगायत दर्जनौ बीतिय संस्था बाट अरबौँ व्यापारिक कर्जा लिएर कारोवार चलाउँदै आएको थियो।
कटहरिया नगरपालिका ५ घरभई जलैया चौकमा गणेश चिउरा उद्योग सञ्चालन गरेका उद्योगी विन्देश्वरी साहले एभरेष्ट बैंक चन्द्रनिाहपुरबाट ३ करोड,एन आईसी एसिया बैंक गौर बाट ३ करोड र स्थानियको २ करोड भन्दा बढी गरी ८ करोड भन्दा बढी रुपैयाँ लिएर वैशाखको दोस्रो साता कसैलाई जानकारी नदिएर भारत तर्फ भागेको स्थानीयहरूले बताउँदै आएका छन्।
गत बैशाख १३ गते एन आईसी एसिया बैंक गौर शाखा बाट गणेश चिउरा उधोगको नाउँमा ३ करोड रुपैयाँ लिएको केहीदिन भित्रै परिवारका मानिस लिएर भारत बागेश्वर धाम जाने बाहानामा उधोगी साह घरबाट बाहिरिएको एकजना गल्ला ब्यवसायी रामबाबु साह कलवारले बताएका छन्।
उनि बाहीर गएको भोलिपल्ट ट्रक पठाएर कट हरिया स्थित घरको सम्पूर्ण सामान राति २ बजे लोड गराई ससुराली बारा पचरौता पठाएको गल्ला ब्यवसायी कलवारले जानकारी दिएका छन। उधोगी तेली ले दुई बैंकका साथै स्थानिय प्रमाशंकर साह, रामबाबु साह, राजगीर साह, किशोरी साह, दुखा बानिया,रामापुकार साह, रामबाबु बानिया, अनुठा साह सोनार लगाएतका ब्यापारी संग ब्याजमा भनेर दुई करोड भन्दा बढी रुपैयाँ लिएर फरार भएकोे गल्ला व्यवसायी कलवारले जनाएका छन्।
यसरी साहू महजन,र वैंकको करोडौं रुपैयाँ लिएर उद्योगी तेली रातारात फारार भएपछी अहिले बाहिरका साहु महाजनको साथै बैंकर्सको समेत ब्यवहार परिवर्तन भएको स्थानिय व्यापारीहरूले दुःखेसो पोखेका छन्।
बिगतमा लाखौं लाख उधारो कारोवार गर्दै आएका कपड़ा, किराना, गल्लाका बाहिरिया साहुहरु अहीले उधारो कारोवार गर्न डराइरहेका छन्।
सधैं सुमधुर सम्बन्ध हुने कटहरीयाका ब्यापारीले माग गरे अनुसारको उधारो सामान पाउन नसकेको अर्का कपड़ा ब्यापारी नसरुदिन अन्सारीले गुनासो गरेका छन। त्यतिमात्र नभई पुरानो लगानि गरेका बैंकले लगानि कर्जा उठाउन तल्लिन भएका छन् भने नया कर्जा लगानी गर्न बैंकहरु नमानि रहेको अन्सारीको भनाई छ। कैयौं महाजन तथा बैंकर्सले कुरै कुरामा उद्योगी विन्देश्वरी जस्तै पैसा लिएर भाग्ने ताहोईन भनेर प्रश्न तेर्सउने गरेको ब्यापारी अन्सारीले गुनासो गरे।
नेपाल बैंक लिमिटेड कटहरियाका प्रबन्धक आनन्द कुमार यादवले कर्मचारी कै कमजोरीले त्यस्तो घटना हुनेगरेको बताए। एकजना उद्योगी व्यापारी पैसा लिएर भाग्दैमा बैंक हरेस खाने अबस्था छैन तथापी यस्ता घटना भएपछी कटहरिया लगायतका बजारमा व्यवसायिक गलानी गर्नुपर्दा बैंकर्सले सजगता अपनाउन जरूरी रहेको प्रबन्धक यादवले जानकारी दिएका छन्।

सञ्जय मिश्रा

प्रकाशित मिति:July 5, 2023